निःशुल्क सिटामोल वितरण



काठमाडौं । औषधि आयातकर्ता तथा वितरक आयान हेल्थकेयरले निःशुल्क सिटामोल वितरण अभियान सुरु गरेको हो । चिकित्सकसहितको वितरण टोलीले नागरिकको स्वास्थ्य परीक्षण गरेर तथा घरमा सिटामोल चाहिने बिरामी भएको बताएमा एक पत्ताका दरले सिटामोल दिइने छ ।
अभियानको पहिलो दिन बुधबार ५४० जनालाई सिटामोल वितरण गरिएको आयान हेल्थकेयरका सञ्चालक अबुल हुसेन अन्सारीले जानकारी दिए ।
आगामी सात दिनसम्म पनि सिटामोल सहज उपलब्ध नभए अबको सात दिनपछि सातै प्रदेशमा निःशुल्क वितरण सुरु गरिने अन्सारीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्