कानुन मन्त्री बडुलाई कोरोना संक्रमण



काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुलाई कोरोना संक्रमण भएको छ।

स्वास्थ्यमा समस्या आएपछि गरिएको पीसीआर परीक्षणका क्रममा मन्त्री बडुलाई संक्रमण पुष्टि भएको हो।

बुधबार पिसीआर परीक्षण गर्दा बडुमा संक्रमण देखिएको उनको सचिवालयले जनाएको छ। संक्रमण देखिएसँगै उनी आइसोलेसनमा रहने छन्।

प्रतिक्रिया दिनुहोस्