अस्ट्रेलियन ओपन, बार्टी फाइनलमा



काठमाडौं : विश्व नम्बर एक अस्लेग बार्टी वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन अ‍ोपनको फाइनलमा पहिलो पटक पुगेकी छन् । आज मेलबर्न पार्कमा भएको सेमिफाइनलमा विश्व वरियताको ५१औं स्थानकी अमेरिकी खेलाडी म्याडिसन किजलाई ६–१ ६–३ को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएकी हुन् ।

दुई पटककी ग्रान्डस्लाम च्याम्पियनसमेत रहेकी बार्टी यसअघि सन् २०२० मा सेमिफाइनलसम्म आइपुगेकी थिइन् । त्यसयता २०२१ मा क्वार्टरफाइनलबाट बाहिरिएकी बार्टीले गत वर्ष विम्बलडनको उपाधि उचालेकी थिइन् । बार्टीले फाइनलमा घरेलु कोर्टमा पहिलो ग्रान्डस्लाम जित्नका लागि इगा स्वायेटेक र ड्यानिले कोलिन्सबीचको विजेतासँग खेल्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्