यी हुन् दात दुखाइ कम गर्ने घरेलु उपाय



काठमाडाैं : खानालाई चपाउन दातको महत्वपूर्ण भूमिका रहेको हुन्छ । दातले व्यक्तित्वलाई समेत झल्काउँछ । आज भोलिको खानपान गतिलो नहुने अनि मानिसलाई चुरोट र खैनीको लत पनि लाग्नाले दाँतमा धेरै समस्या हुने गरेका छन्।

दाँतको उपचार महंगो पनि पर्छ । तर हामी यहाँ केही घरेलु उपाय बताउँदैछौं । यिनको प्रयोग गर्नुभयो भने अनावश्यक खर्च नगरिकनै तपाईंको दाँतकाे रोग निको हुन्छ।

ल्वाङको तेल : दाँत दुखाइ ठीक पार्न ल्वाङको तेल अत्यन्तै प्रभावकारी हुन्छ । ल्वाङको तेलका दुईतीन थोपा एउटा कपासको डल्लोमा भिजाउनुस् । अनि त्यसमा एक चौथाइ चम्चा जैतूनको तेल मिसाउनुस् । त्यसपछि दुखेको दाँतमा यो राखेर मुख बन्द गर्नुस् । यसले दुखाइ कम गर्छ ।

खोकीको गोली : खोकी लाग्दा खाने गोलीहरूले पनि दाँतको दुखाइ ठीक पार्छन् । यस्ता गोली चुस्नुस् । गोली नचबाउनुहोला है ।

मजाले दाँत माझ्नुस् : दाँत सफा गर्नका लागि ब्रश गर्ने, फ्लस गर्ने वा माउथवाशले कुल्ला गर्ने सबै थोक गर्नुस् । कहिलेकाहीँ दाँतमा अड्केको खानेकुराका कारण दाँत दुख्छ ।

काँक्रो : काँक्रो टुक्रा पारेर दाँतमा राख्दा पनि दुखेको ठाउँमा राहत पुग्छ ।

टिब्याग : दाँत दुखेको ठाउँमा तातो टिब्याग राख्दा पनि राम्रो हुन्छ। टिब्यागमा भएको ट्यान्निक एसिडले गिजा फुल्नबाट रोक्छ।

अदुवा : अदुवाको बोक्रा ताछ्नुस् र यसलाई टुक्रा टुक्रा बनाउनुस्। त्यसपछि दुखेको दाँतनेर लगेर मजाले चपाउनुस् । बिस्तारै दुखाइ कम हुँदै जान्छ।

प्रतिक्रिया दिनुहोस्