भारतमा थप २ लाख ३५ हजार ५३२ जनामा कोरोना पुष्टि



एजेन्सी : भारतमा आज पछिल्लो २४ घन्टामा थप २ लाख ३५ हजार ५३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी ९७१ जना संक्रमितको मृत्यु भएको भारतिय सञ्चारमाध्यले जानकारी दिएका छन् ।

यही अवधिमा तीन लाख ३५ हजार ९३९ संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या २० लाख ४ हजार ३३३ रहेको छ । जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार भारतमा कोरोना संक्रमित हुनेको संख्या ४ करोड ६२ लाख २२ हजार २ हजार ७०९ पुगेको छ भने हालसम्म चार लाख ९२ हजार ३२७ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म कोरोनाविरुद्ध १ अर्ब ६५ करोड ४ लाख ८७ हजार २६० डोज खोप लगाइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्