दमका रोगिले कस्ता कुरामा ध्यान दिने ?



काठमाडौँ :  गर्मी भन्दा चिसो मौसममा स्वास्थ्यका लागि अति फाइदाजनक मानिन्छ । तर जो मानिस दम अर्थात अस्थमा जस्ता रोगबाट पीडित हुन्छन्, उनीहरुका लागि भने यो मौसममा समस्या बढ्न सक्छ । चिसो मौसममा दमका बिरामीबाहेक मुटु सम्बन्धि रोग तथा क्यान्सरबाट ग्रसित व्यक्तिका लागि पनि केही समस्या उत्पन्न हुन्छ ।

या मौसममा रुघाखोकि र जोर्नीको दुखाईका साथै सास सम्बन्धि समस्या बढ्छ । यस्तो अवस्थामा विरामी अति सतर्क र सावधान रहनु आवश्यक छ । विशेषज्ञहरुका अनुसार जाडोयाममा श्वास नलि खुम्चिन थाल्छ र कफ पनि धेरै आउँछ ।

यसको साथै चिसो वातावरणका कारण घुवाँ र वातावरणमा धूलो तत्व पूर्ण रुपमा आकाश माथि जान पाउँदैन । त्यसैले दमको समस्या जाडोमा अत्यधिक बढ्छ ।

दमका विरामीले कुन–कुन कुरामा सावधान रहनु पर्छ ?

दमबाट बच्नका लागि घरको धुलो र धुवाँबाट मुक्त रहनु पर्छ ।

तातो लुगाले शरीर पूर्ण रुपले ढाक्नु पर्छ ।

एयर कन्डिशन र पंखामा लामो समय बस्नु हुँदैन ।

आफ्नो इन्हेलर सधैं आफैंसंग राख्नु पर्छ र स्टेरयडको प्रयोग डाक्टरको सल्लाह अनुसार गर्नु पर्छ ।

शरीरलाई जति सक्दो तातो राख्ने कोशिश गर्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्