कोरोनाको नयाँ भाइस भेटियो



काठमाडौं । कोरोना भाइरसको महामारी कोभिड–१९ को उद्गम स्थल चीनको वुहानका वैज्ञानिकले अर्को झनै खतरनाक भाइरस भेटिएको चेतावनी दिएका छन् । वुहानका खोजकर्ताको टिमले अर्को कोरोना भाइरस ‘निओकोभ’ फेला परेको यो निकै खतरनाक हुनसक्ने चेतावनी दिएका छन् । उनीहरुले दक्षिण अफ्रिकामा चमेरोमा फेला परेको यो भाइरसबाट संक्रमित हुने ३ जनामध्ये एक जनाको मृत्यु हुनसक्ने चेतावनी दिएका छन् । कोरोना भाइरस श्वासप्रश्वास सम्बन्धी समस्या गराउने भाइरसको समूह हो । यस अन्तर्गतक थुप्रै भाइरसहरु पर्छन् ।
जसमध्ये एक सन् २००२ देखि सन् २००४ सम्म चलेको सार्स महामारी थियो । अर्को अहिले चलेको कोभिड १९ महामारी पनि कोरोना भाइरसकै कारणले हो । कोरोना भाइरस खास गरी जनावरमा भेछिन्छ । यो मानिसमा सरेमा सामान्य रुघाघोकीदेखि गम्भीर बिरामी पारेर ज्यान गमाउने अवस्थामा पुग्न सक्छन् । रुसी समाचार एजेन्सी स्पुतनिकका अनुसार निओकोभले यसअघि सन् २०१२ र २०१५ मा प्रकोप गरिसकेको थियो ।
यो भाइरसमा एक म्युटेशन अथवा उत्परिर्वतन भयो भने यो भाइरसले सजिलै मानिसलाई संक्रमित बनाउन सक्ने चेतावनी उनीहरुले दिएका छन् ।
कोभिड १९ गराउने भाइरस भन्दा फरक तरिकाले मानिसलाई संक्रमित बनाउने भएका कारण अहिलेका खोप र संक्रमित हुँदाको एन्टीबडीले निओकोभविरुद्ध काम गर्न नसक्ने वैज्ञानिकहरुको भनाइ छ ।
चीनको वुहान इन्स्ट्यिुट अफ भाइरोलोजीमा कोरोना भाइरसमाथि समेत अध्ययन हुने गरेको छ । यसै कारणले पनि कोभिड१९ गराउने कोरोना भाइरस त्यहाँबाट लिक भएको हुनसक्ने एउटा आशंका छ । अथवा चमेरो या कोरोना भाइरस हुने जनावरबाट मानिसमा सरेको हुनसक्ने अर्का आशंका छ ।
कोभिड–१९को महामारीसँग विश्व जुधिरहेका बेला दक्षि अफ्रिकी चमेरोमा निओकोभ देखिनु चिन्ताजनक बिषय बनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्