धनुषामा झडप, १२ भन्दा बढी विद्यार्थी घाइते, नगरप्रमुखलाई अभिभावकले लगाए आराेप



धनुषाः विदेह नगरपालिका–२मा रहेको जनता माध्यमिक विद्यालयका शिक्षकहरुले तलब नपाएको भन्दै विद्यार्थीहरु नगरपालिकामा ताला लगाउन पुगेका थिए। ताला लगाउन पुगेका विद्यार्थी र नगर प्रमुख बेचन दास पक्षका युवाबीच झडप भएको हो। 

झडपका क्रममा १२ जना भन्दा बढी विद्यार्थी घाइते भएका छन्। त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधेकृष्ण गोइते, नगरपालिका–१ का वडा अध्यक्ष विनोद गोहितमान समेत घाइते भएका छन्। 

अभिभावकहरुले भने बाहिरका मान्छेहरु ल्याएर नगरप्रमुखले विद्यार्थीमाथि आक्रमण गर्न लगाएको आरोप लगाएका छन्। यसअघि गत शुक्रबार पनि विद्यार्थीहरुले ताला लगाउने क्रममा प्रहरीले लाट्ठी चार्ज गरेका थियो। 

प्रहरीले बल प्रयोग गरेर ताला खोलेपछि विद्यार्थीले आज फेरि ताला लगाएका हुन् । विद्यार्थीहरुले शिक्षकको तलब, छात्रावृत्ति रकम र विद्यालय नमुना घोषणा भएपछि आएको बजेट निकासा नभएसम्म आन्दोलोन जारी राख्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्