कोरोना संक्रमणबाट थप ३२ को मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुने र यसअघिको तथ्यांकमा छुटेकासमेत गरी मृतक संख्या ३२ रहेको जानकारी दिएकी छन् । मृत्युको यो पछिल्लो चार दिनको समेत तथ्यांक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।
वीरेन्द्र सैनिक अस्पतालबाट आइतबारसम्म १२ जनाको मृत्यु भएको तथ्यांक प्राप्त भएको छ । त्यस्तै माघ १३ देखि १६ गतेसम्म विभिन्न अस्पतालमा २० जनाको मृत्यु भएको मन्त्रालयको भनाइ छ ।
यस्तै संक्रमणबाट देशभर तीन हजार ५४० जना कोभिड–१९ संक्रमित थपिएका छन् । १३ हजार १४५ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा देशभरबाट ६ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्