नेपाललाई दिने अनुदान भारतले घटायो



काठमाडौं । भारतले नेपाललाई १२ अर्ब रुपैयाँ (७ अर्ब ५० करोड भारु) अनुदान सहायता उपलब्ध गराउने भएको छ । छिमेकीलाई दिने अनुदानमा यो वर्ष भारतले हेरफेर गरेको छ ।
मंगलबार लोकसभामा बजेट प्रस्तुत गर्दैै अर्थमन्त्री निर्मला सीतारमणले आर्थिक वर्ष २०२२/२०२३ को बजेटमा नेपाललाई उक्त बजेट विनियोजन गरेकी हुन् । सन् २०२१–२२ को बजेटमा भारतले नेपाललाई नौ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड रुपैयाँ) अनुदान छुट्याएको थियो । यस वर्ष भारतले नेपालसहित भुटान र अफगानिस्तानलाई दिने अनुदान कटौती गरेको छ ।
भुटानलाई २२६६ करोड भारु, सिचेल्स १४ करोड, बंगलादेशलाई ३०० करोड, मंगोेलियालाई १२ करोड, म्यानमारलाई ६०० करोड र माल्दिभ्सलाई ३६० करोड भारु अनुदान विनियोजन गरिएको छ ।
मौरिससले यस वर्ष पनि ९ अर्ब भारु र श्रीलंकाले २ अर्ब भारु पाउनेछन भने अघिल्लो वर्ष ३० अर्ब पाएको भुटानले यो वर्ष २२ अर्ब ६६ करोड, अघिल्लो वर्ष साढे ३ अर्ब भारु पाएको अफगानिस्तानले यो वर्ष २ अर्ब भारु र अघिल्लो वर्ष ९ अर्ब ९२ करोड भारु पाएको नेपालले यो वर्ष साढे ७ अर्ब भारु पाउने भएका छन् ।

अफगानिस्तानलाई सहायताबापत २०० करोड अनुदान उपलब्ध गराउने घोषणा भएको छ । भारतले धेरै अनुदान दिने मुुलुकको सूचीमा भुटान पहिलो स्थानमा छ भने मरिसस दोस्रो स्थानमा छ ।
यता अघिल्लो वर्ष २ अर्ब भारु पाएको बंगलादेशले यो वर्ष ३ अर्ब, अघिल्लो वर्ष साढे २ अर्ब भारु पाएको माल्दिभ्सले यो वर्ष ३ अर्ब ६० करोड, अघिल्लो वर्ष ४ अर्ब पाएको म्यानमारले ६ अर्ब र अघिल्लो वर्ष २ अर्ब मात्रै पाएको मंगोलियाले यो वर्ष १२ अर्ब भारु पाउने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्