६८ उपसचिवहरुको सरुवा



काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६८ जना उपसचिवको सरुवा गरेको छ । सचिवस्तरीय निर्णयबाट उपसचिवको सरुवा गरिएको हो । सरुवा गरिएका २६ जना उपसचिव चाहिं अतिरिक्त समूहमा सामान्य प्रशासन मन्त्रालयमै कार्यरत् थिए । अतिरिक्त समूहमा राखिएका उनीहरुलाई अहिले संघ प्रदेश र स्थानीय तहमा खटाइएको हो ।
सोमबार मन्त्रालयले सचिव स्तरीय निर्णय गर्दै उनीहरूको सरुवा गरेको हो । मन्त्रालय मातहतका निकाय, प्रदेश सरकारको विभिन्न मन्त्रालय तथा स्थानीय तहसम्ममा ती उपसचिवको सरुवा गरिएको मन्त्रालयले जनाएको छ । कतिपय कतिपय बढुवापछि पदस्थापन समेत भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्