धनगढी विमानस्थल बुधबारदेखि सुचारु हुने



कैलाली : धनगढी विमानस्थल बुधबारबाट सुचारु हुने भएको छ। एक महिना अघिदेखि बन्द रहेको विमानस्थल सुचारु हुन लागेको हो।

धावनमार्ग स्तरबृद्धिको कार्य अन्तिम चरणमा पुगेकाले यही २९ गतेबाट विमानस्थलमा नियमित उडान सुरु गर्ने तयारी भइरहेको विमानस्थलका प्रमुख तेजवहादुर बुढथापाले जानकारी दिए।

धावनमार्ग जीर्ण रहेको क्षेत्रमा ८ सय ५० मिटर लम्बाई र साढे ४ फिट गहिराइको खाडल पुरिसकेपछि कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ। बुधवारबाट विमानस्थल सुचारु हुने भएकाले विमान कम्पनीसँग नियमित उडानकालागि छलफलभइरहेको धनगढी विमानस्थल प्रमुख बुढथापाले बताए।

धावनमार्ग र पार्किङ क्षेत्र विस्तारका लागि गत वैशाख २२ गतेदेखि विमानस्थल बन्द गरिएकोमा समयमै स्तर बृद्धिको कार्य नसकिएपछि एक हप्ता समय थप गरिएको थियो। २९ गतेदेखि विमानस्थल सुचारु हुने गरि काम भइरहेको निर्माण कम्पनीका इन्जिनियर सचिन थापाले बताए।

प्रतिक्रिया दिनुहोस्