जनकपुरमा बेवारिसे अवस्थामा शव फेला



जनकपुरधाम : धनुषा जिल्लाको जनकपुरमा एक बेवारिसे शव फेला परेको छ ।

 

पगलाबाबा धर्मशाला अगाडि रहेको पोखरीको डिलमा दिउँसो १ बजेतिर शव फेला परको हाे । शव जनकपुर ६ बस्दै आएका अन्दाजी ४७ बर्से राजकुमार साह हलुवाईको रहेको स्थानीयले बताएका छन् ।

 

उनी एक्लै बस्दै आएका र परिवारको टुंगो नलागेको पनि स्थानीयले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्