प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित



काठमाडौं : काठमाडौं आउने रुटमा मौसमका कारण प्रतिकुल समस्या उत्पन्न हुँदा आन्तरिक तथा बाहृय उडान प्रभावित भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार गन्तब्य विमानस्थलभन्दा समस्या ‘इनरुट’मा देखिएको छ ।

जसले गर्दा उडानरअवतरण नै प्रभावित बनेको हो । केही जहाजलाई अवतरणमा समस्या भएका कारण होल्ड गराउनु परेको कार्यालय स्रोतले जनाएको छ ।

बुद्ध एयरका अनुसार गन्तब्य विमानस्थलमा भन्दा शुक्रबार बढी रुटमै मौसमले चुनौती दिएको छ । यसले उडानहरु ढिला हुने र कुनै कुनैमा रद्ध हुने समस्या समेत आएको छ ।

प्रतिक्रिया दिनुहोस्