क्रिकेट खेल्न २४ वर्षपछि पाकिस्तान भ्रमणमा निस्कँदै अष्ट्रेलिया



काठमाडौं : अष्ट्रेलियाको पुरुष क्रिकेट टोलीले २४ वर्षपछि पाकिस्तानको भ्रमण गर्ने भएको छ । पाकिस्तान भ्रणणमा अष्ट्रेलियाले तीन टेष्ट, तीन एकदिवसीय र एक टी-२० खेल खेल्ने पक्का भएको हो । खेलहरू कराँची, रावलपिण्डी र लाहोरमा हुनेछ छ ।

यसअघि न्युजिल्याण्डले पाँच महिनाअघि अन्तिम पटक भ्रमण रद्द गरेको थियो । यस्तै इग्ल्याण्डको पनि गत अक्टोबरमा हुने भनिएको महिला तथा पुरुष भ्रमणबाट नाम फिर्ता लिएको थियो ।

अष्ट्रेलियाले पुरुष टोलीले सन् २००५ को अक्टोबरमा पाकिस्तान भ्रमण गरेको थियो । सन् २००९ मा श्रीलंका क्रिकेट टोलीमाथि हतियारधारीले आक्रमण गरेपछि कुनै पनि ठुलो प्रतियोगिता हुन सकेको छैन ।

भ्रमणका लागि क्रिकेट अष्ट्रेलिया (सीए)ले पाकिस्तान क्रिकेट बोर्ड र सरकारलाई धन्यवाद दिएको छ ।

यस्तो छ खेल तालिकाः

४–८ मार्चः पहिलो टेष्ट, रावलपिण्डी

१२–१६ मार्चः दोस्रो टेष्ट, कराँची

२१–२५ मार्च, तेस्रो टेष्ट, लाहोर

२९ मार्च, पहिलो एकदिवसीय खेल, रावलपिण्डी

३१ मार्च, दोस्रो एकदिवसीय खेल, रावलपिण्डी

२ अप्रिल, तेस्रो एकदिवसीय खेल, रावलपिण्डी

५ अप्रिल, टी–२० रावलपिण्डी

प्रतिक्रिया दिनुहोस्