जाल्पा लघुवित्तको आईपिओ खुल्यो



काठमाडौँ। जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले शुक्रबारदेखि साधारण सेयर (आईपीओ) निस्कासन सुरु गरेको छ। ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ संस्थाले जारी गरेको हो।

लघुवित्तले निस्कासन गरेको कूल ५ लाख २२ हजार कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको सेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ।

बाँकी ४ लाख ८७ हजार ९०० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। आईपीओमा २५ माघसम्म आवेदन दिन पाइने भएको छ। आईपीओ निस्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

बोर्ड नेतृत्वविहीन बन्दा ६ अर्ब ८० करोड ७६ लाख ४ सय रुपैयाँ बराबरका ६ करोड १३ लाख ५६ हजार ४ कित्ता आईपीओ निस्कासनका लागि २ दर्जन बढी कम्पनीहरु अनुमतिको पर्खाइमा छन्। यी कम्पनीहरुले अब क्रमशः अनुमति पाउने बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्