मनाङमा कोरोना छैन



काठमाडौँ । मनाङ कोरोना मुक्त भएको छ । कोरोना मुक्त हुने जिल्लामा मनाङ पहिलो जिल्ला रहेको छ । नेपालमा ओमिक्रोन भेरियन्ट संक्रमणको लहर सुरु भएयता मनाङ कोरोना संक्रमण मुक्त भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो समय कोरोना संक्रमणका गिरावट आइरहेको छ । कोरोना संक्रमण कम हुँदै जाने क्रममा मनाङ संक्रमण शून्य हुने पहिलो जिल्ला बनेको छ ।

अहिले देशभर ५२ हजार ७ सय ८० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसमध्ये ५ सयभन्दा सक्रिय संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार सबैभन्दा धेरै सक्रिय संक्रमित काठमाडौँमा रहेका छन् । काठमाडौँमा मात्रै १३ हजार ८६ जना संक्रमित रहेका छन् भने ललितपुरमा ९ हजार ३२६ तथा भक्तपुरमा ३ हजार ५८३ जना सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया दिनुहोस्