भारतलाई यू-१९ विश्व च्याम्पियन बनाउने कप्तान, विराट कोहलीदेखि ….



काठमाडौं : भारतीय यू-१९ टोलीले उत्कृष्ट प्रदर्शन गर्दै पाँचौंपटक विश्वकपको उपाधि जित्न सफल भयो। भारत शनिबार भएको फाइनल खेलमा इंग्ल्यान्डलाई चार विकेटले हराउँदै इतिहास रच्न सफल भयो।

शनिबार भएको फाइनलमा पहिले ब्याटिङ गरेको इंग्ल्यान्डको ४४.५ ओभरमा अलआउट हुँदै १८९ रन बनायो। १९० रनको लक्ष्या पछ्याएको भारतले ४७.४ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेट्टाउन सफल भयो। र, पाँचौं पटक यू(१९ विश्वकपको उपाधि जित्यो।

सन् २००० मा भारतले पहिलो पटक यू-१९ विश्वकपको उपाधि जितेको थियो। भारतलाई पाँचौंपटक विश्वकपको उपाधि जिताउने कप्तान बने, यश धुल। धुलसँगै भारतलाई पाँच कप्तानले उपाधि जिताएका छन्।

भारतका पाँच यू-१९ विश्वकप विजेता कप्तान

सन् २००० मा भारतले पहिलो पटक यू-१९ विश्वकप जित्दा मोहम्मद कैफ भारतीय टोलीको कप्तान थिए। यसपछि सन् २००८ मा विराट कोहलीको नेतृत्वमा रहेको टोलीले यो सफलता प्राप्त गरेको थियो।

सन् २०१२ मा उन्मुक्त चन्दको कप्तानीमा टोलीले तेस्रो पटक यू-१९ विश्वकपको उपाधि हात पार्न सफल भयो। सन् २०१६ मा पृथ्वी शाको कप्तानीमा भारतीय टीम च्याम्पियन बनेको थियो भने यश धुलले पाँचौं पटक यू-१९ विश्वकप ट्रफी जित्न सफल भए।

भारतको यू-१९ विश्वकप विजेता कप्तान
१. वर्ष २००० : कप्तान, मोहम्मद कैफ
२. वर्ष २००८ : कप्तान, विराट कोहली
३. वर्ष २०१२ : कप्तान, उन्मुक्त चन्द
४. वर्ष २०१६ : कप्तान, पृथ्वी शा
५. वर्ष २०२२ : कप्तान, यश धुल

प्रतिक्रिया दिनुहोस्