बेइजिङ ओलम्पिकः यस्तो छ चीनको कोभिड नीति



एजेन्सी । २०२२ हिउँदे ओलम्पिकका लागि कोभिड सुरक्षाका आवश्यक सम्पूर्ण कदम चालेको बेइजिङले जनाएको छ। खेलाडीलाई स‌ंक्रमणबाट जोगाउन चीनले ठूलो पहल गर्दै आएको छ। खेलमा विदेशी दर्शकहरुलाई प्रतिबन्ध लगाइएको छ भने सर्वसाधारणहरुका लागि टिकट बिक्री गरिएको छैन।

स्थानीय दर्शकहरुको समूहहरुलाई खेलमा ‘निम्तो’ दिइएको छ। उनीहरुले खेलअघि, खेलको समयमा र खेल हेर्दा कोभिड रोकथामका कठोर उपायहरु पालना गर्नुपर्नेछ। र, मानिसहरलाई चीनका अन्य भागबाट राजधानी बेइजिङमा यात्र नगर्न सुझाव दिइएको छ।

सञ्चारकर्मी, सहभागी खेलाडी र पर्यवेक्षकहरुलाई भिन्दाभिन्दै स्थानमा राखिएको छ। ती स्थानमा प्रवेश गर्नुअघि जोकोही पनि पूर्ण खोप लगाएको वा २१ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ।

कोभिड परीक्षण दिनहुँ गर्नुपर्नेछ भने जतिबेला पनि मास्क लगाउनुपर्नेछ। कोभिड पोजेटिभ भएमा आइसोलेसनमा बस्नुपर्नेछ। पछिल्लो २४ घन्टाभित्र दुई ओटा नेगेटिभ रिपोर्ट आएपछि मात्र खेल्नका लागि अनुमति दिइनेछ।

चीन उत्रिएपछि विदेशबाट आएका सहभागी ‘सील’ गरिएको विशेष क्षेत्रभित्र प्रवेश गरेका छन्। देश छोड्ने बेलासम्म उनीहरु त्यही रहनेछन्।

स्वंयमसेवक, कुक, चालक र स्थानीय सहायताकर्मीसमेत विशेष क्षेत्रभित्र रहनेछन्। खेल अवधिभर उनीहरुको आफ्ना परिवारसहित बहिरी संसारसँग भौतिक सम्पर्क हुनेछैन्।

प्रतिक्रिया दिनुहोस्