मेगा अक्सनमा मुम्बई इन्डियसन्सले लिन सक्ने तीन खेलाडी



काठमाडौं : इन्डियन सुपर लिग (आईपीएल) को मेगा अक्सन १२ र १३ फेब्रुअरीमा भरतको बैंगलुरूमा हुँदैछ। यसपटक खेलाडीको भाग्य १० टोलीमा निर्भर रहनेछ। १० टोलीमा स्थान बनाउन पाँच सय ९० खेलाडी रहेका छन्। मुम्बईले आईपीएल-२०२२ को लागि रोहित शर्मा, जसप्रित बुमराह, सूर्यकुमार यादव र केइरान पोलार्डलाई रिटेन गरेको छ।

मुम्बईले आईपीएल-२०२२ मेगा अक्सनमा तीन उत्कृष्ट बलरलाई लिन चाहन्छ । तर, तीन खेलाडीलाई किन्न सहज भने छैन । चार टप खेलाडीको रिटेन गरेपछि मुम्बईसँग ४८ करोड ९भारु० बचेको छ। जसलाई मुम्बईले सोचेर आगामी मेगा अक्सनमा खर्च गर्नुपर्ने हुन्छ ।

यी हुन् तीन खेलाडी

१. टे्न्ट बोल्ट

टे्न्ट बोल्ट मुम्बई इन्डियन्सका एक महत्वपूर्ण खेलाडी हुन्। उनलाई यस पटक रिटेन गरिएको छैन। तर, फ्रेन्चाइज टोली मुम्बई बोल्डलाई लिन पंरा कोसिस गर्नेछ। किन कि मुम्बई आफ्नो पुराना खेलाडीमा विश्वास गर्छ। न्युजिल्यान्डका बोल्टले सन् २०२० को सिजनमा २५ विकेट लिएर पाँचौ पटक उपाधि दिलाउन महत्वपूर्ण भुमिका खेलेका थिए। वान डे मैदान उनको लागि वरदान सावित हुन्छ र त्यहाँको पिचले समेत उनलाई धेरै सहयोग पुर्याउँछ।

२. प्याट कमिन्स

मुम्बई कम्तिमा पनि दुई स्टार खेलाडीलाई आफ्नो समूहमा राख्न चाहन्छ। यसै कारण पनि अष्ट्रेलियाका कमिन्सले मौका पाउने सम्भावना बढि छ। यसैले पनि फ्रेन्चाईज टोली मुम्बई कमिन्सको लागि पानी सरह पैसा खर्च गर्न सक्छ। कमिन्स पछिल्लो वर्ष कोलकता नाइटराइडर्सबाट खेलेका थिए। जसलाई साढे १५ करोड ९भारु० को चर्को मूल्यमा किनिएको थियो।

३. युजवेन्द्र चाहल

युजवेन्द्र चाहल केहि समयसम्म रोयल च्यालेन्जर्स बैंगलरू(आरसीबी) मा थिए। उनी कप्तान विराट कोहलीले मन पराएका खेलाडीमध्येका एक थिए। चाहलले आईपीएलमा १३९ विकेट लिएका छन्। सन् २०११ देखि २०१३ सम्म चाहल मुम्बईका मुख्य खेलाडी थिए। अब, रोहितको टिम चाहललाई स्थानानन्तरण गर्न चाहन्छ। चाहल महत्वपूर्ण समयमा उत्कृष्ट प्रदर्शन दिनसक्ने खेलाडी मध्येका एक हुन्।

प्रतिक्रिया दिनुहोस्