थप १ हजार ५७० मा कोरोना संक्रमण, १३ जनाको मृत्यु



काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ५७० जनामा संक्रमण पुष्टि भएको छ भने संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ३६५ नमुना परीक्षण गरिएको थियो । ७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२ र तीन हजार ४९१ जनाको एन्टीजेन परीक्षण गर्दा ५४८ गरी एक हजार ५७० जनामा संक्रमण पुष्टि भएको छ ।

पछिललो २४ घण्टामा ९ लाख १५ हजार ४८९ जना संक्रमणमुक्त भएका छन् भने मृतकको कुल संख्या ११ हजार ८२७ पुगेको छ । हाल देशभर सक्रिय संक्रमित ४० हजार १११ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्