कमेडीमा नयाँ स्वाद सहित आउँदै छ ‘मुन्द्रेको कमेडी क्लब’



 

काठमाडौं :   नेपाली हास्य व्यङ्ग्य बिधामा स्थापित नाम हो जितु नेपाल, उनै जितु 'मुन्द्रेको कमेडी क्लब' कार्यक्रम मार्फत दर्शकमाझ आउने भएका छन् ।  कि इन्टरटेन्मेन्टको 'मुन्द्रेको कमेडी क्लब' कार्यक्रम मार्फत जितु नेपाल आउने भएका हुन् ।

 

नेपाल टेलिभिजनबाट यहि कार्तिक १९ गतेदेखि हरेको सोमबार राती ८ः ५० मा प्रशारण हुने यो कार्यक्रमले एक फरक कमेडी प्याकेज दर्शक माझ प्रस्तुत गर्ने विश्वास उनको छ ।  विश्व भरका विभिन्न टेलिभिजन च्यानलहरुमा निकै नै रुचाइएको स्केच कमेडी र सेलिब्रेटी टक शोको फम्र्याटलाई पछ्याउँदै यो कार्यक्रमले नेपालीपन र मौलिक प्रस्तुति समावेश गर्ने कि ले बताएको छ ।

 

नेपाली कलाकारिता जगतका  हस्तीहरु राजाराम पौड्याल र दिपाश्री निरौलाको प्रमुख उपस्थिति रहने कार्यक्रममा राजेन्द्र नेपाली, उमेश राई 'फुलन्देकी आमा' लगायतका कलाकारहरुको  पनि आकर्षक प्रस्तुति रहनेछ भने जितु नेपालले यस कार्यक्रमको मुख्य संचालन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्