चुनावमा विद्युतीय मेसिन प्रयोगको विषयमा विज्ञसँग छलफल गर्दै निर्वाचन आयोग



काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनमा विद्युतीय मेसिनको प्रयोग गर्ने सम्भावनाबारे विज्ञहरूसँग छलफल गर्ने भएको छ। बुधबार दिउँसो १ बजे आयोगले स्थानीय तहको निर्वाचनमा विद्युतीय मेसिनमार्फत् भोटिङ गर्ने सम्भावनाबारे विज्ञहरूसँग छलफल गर्न लागेको जनाएको छ ।

परामर्श लिन आयोगले सरकारका आइटी विज्ञहरूलाई बोलाएको आयोगले जनाएको छ । विद्युतीय भोटिङ मेसिनको सम्भावना के छ भनेर सामान्य छलफल गर्न लागेको हो। तर, निर्वाचन आयोगले विद्युतीय मेसिनबाट चुनाव गराउन लागिहालेको भने नभएको जनाएको छ । नेपाल सरकारका विभिन्न क्षेत्रमा आइटीसँग सम्बन्धित विज्ञहरूसँग बसेर के गर्न सकिन्छ त, सम्भावना छ कि छैन भनेर छलफल गर्न लागेको हो आयोगले जनाएको छ ।

सरकारले स्थानीय तहको चुनाव वैशाख ३० गते गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्