क्लबस्तरीय शनिबारीय टी–२० क्रिकेट लिगको तयारी



पोखरा । कास्कीमा क्लबस्तरीय शनिबारीय क्रिकेट लिग गर्ने तयारी भएको छ । माघ २९ गते शनिबारदेखि क्लबस्तरीय टी–२० क्रिकेट लिग आयोजना गरिने कास्की जिल्ला क्रिकेट संघले जनाएको छ ।
संघले पहिलो पटक शनिबारीय लिग आयोजना गर्दै खेलाडीलाई व्यस्त बनाउने योजना अघि सारेको हो ।
शनिबारीय लिग दशहप्तासम्म चल्ने छ । उद्घाटनमा एक खेल खेलाइनेछ भने ६ क्लबले राउण्ड रोविनमा प्रतिस्पर्धा गर्नेछन् । राउण्ड रोविन पछि शीर्ष दुईमा रहने क्लब फाइनल खेल्ने छन् ।
क्लबस्तरीय टी–२० शनिबार लिग गरिसकेपछि संघले एकदिवसीय लिग(वान डे)आयोजना गर्ने छ । लिगको तयारीको लागि संघले क्लबलाई पोखरा रंगशाला क्रिकेट मैदानभित्र निर्माण गरिएको नेट्स प्रशिक्षणको लागि उपलब्ध गराईने छ । प्रत्येक क्लबलाई एक–एक दिन प्रशिक्षणको लागि उपलब्ध गराईने छ । लिग गर्न संघले दुई लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।
नयाँ क्लबको रुपमा राईजिङ पोखरा क्रिकेट क्लब र कास्की क्रिकेट क्लब आवद्ध भएका छन् । पोखरा क्रिकेट क्लब, सांग्रिला क्रिकेट क्लब, माछापुच्छ«े क्रिकेट क्लब र अरण्यज्योति क्रिकेट क्लबसहित दुई नयाँ क्लबले लिग च्याम्पियनसिपमा सहभागिता जनाउने छन् ।

 

प्रतिक्रिया दिनुहोस्