अस्ट्रेलिया र न्युजिल्यान्डबीचको टी-२० क्रिकेट रद्द



काठमाडौं : अस्ट्रेलिया र न्युजिल्यान्डबीच अर्को महिना हुने तय भएको टी-२० क्रिकेट शृंखला रद्द भएको छ।

अस्ट्रेलिया र न्युजिल्यान्डले तीन टी-२० क्रिकेट शृंखला खेल्ने तय भए पनि न्युजिल्यान्ड सरकारले सीमा प्रतिबन्ध खुकुलो नगरेपछि दुबै टोली शृंखला रद्द गर्न तयार भएका हुन् ।

पहिलो खेल १७ मार्च र अन्तिम खेल २० मार्चमा हुने तालिका थियो। अस्ट्रेलियाविरुद्धको शृंखला रद्द भएसँगै न्युजिल्यान्डले अब नेदरल्यान्डविरुद्ध खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्