एक हजार ३६९ जनामा कोरोना संक्रमण, १२ को मृत्यु



काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर एक हजार ३६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आठ हजार ८८० पीसीआर परीक्षणमा एक हजार १३ जना र तीन हजार एन्टिजेन परीक्षणमा ३५६ जना गरी एक हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार २३८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्