एन्फाको साधारण सभा स्थगित



काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभा स्थगित भएको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले एक विज्ञप्ति जारी गर्दै माघ २९ गते बिहान ९ बजे भर्चुअल रुपमा हुने भनिएको संघको साधारण सभा प्राविधिक कारणले स्थगित गरिएको जानकारी दिएका छन्। 

रोकिएको साधारण सभा फागुन ८ गते बिहान साढे ११ बजे भर्चुअल रुपमा गर्ने एन्फाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्