वीरगञ्जमा कोरोना संक्रमित एक पुरुषको मृत्यु



वीरगञ्ज : वीरगञ्जमा कोरोना भाइरस संक्रमित एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ।

वीरगञ्ज महानगरपालिका-२० अपौनी टोल निवासी ७५ वर्षका कोरोना संक्रमित पुरुषको नारायणी अस्पतालमा शुक्रबार राति मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा.उदयनारायण सिंहले जानकारी दिएका छन्।

बिहीबार वीरगञ्जको एडभान्स अस्पतालबाट रेफर भएर नारायणी अस्पतालमा भर्ना भएका ती पुरुषमा एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । ती संक्रमितमा निमोनिया पनि देखिएको थियो।

उनले कोरोनाविरुद्धको खोप नलिएको डा. सिंहले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्