ए डिभिजन लिग : आज दशौँ चरणका ३ खेल हुँदै



काठमाडौं : शहीद स्मारक ‘ए डिभिजन लिग’मा आज दशौँ चरणअन्तर्गत तीन खेल हुँदैछन् ।

शीर्ष स्थानमा रहेको मछिन्द्र एफसीले रेलिगेसन जोनमा रहेको च्यासल युथ क्लबसँग दशरथ रंगशालमा खेल्नेछ। उक्त खेल दिउँसो १ बजे सुरु हुनेछ।

आजै दोस्रो स्थानको मनाङ मर्स्याङ्दी र थ्रीस्टारबीचको खेल पनि हुने भएकोले त्यस खेलको नतिजाले पनि मछिन्द्रको उपाधि यात्रालाई फाइदा पुग्न सक्छ। प्रशिक्षक कटुवालले आफ्नो खेलको साथै यस खेलमा पनि नजर राख्नेछन्। यस खेलमा थ्रीस्टार विजयी भए मछिन्द्रलाई फाइदा हुनेछ।

यस्तै, आजै विभागीय टोली नेपाल पुलिस क्लब र नवप्रवेशी सातदोबाटो युथ क्लबबीच खेल हुनेछ । उक्त खेलमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो १ बजे नै सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्