छठ पर्वमा दुई दिन सार्वजनिक बिदा



जनकपुरधाम : छठ पर्वको अवसरमा दुई नम्बर प्रदेशमा दुई दिन बिदा हुने भएको छ । दसैं, दिपावली तथा छठ पर्वको अवसरमा प्रदेश सरकारले आइतबार गरेको शुुभकामना आदान प्रदान कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले छठ पर्वको अवसरमार दुई दिने सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन् । 

यसअघि केन्दीय सरकारले छठमा एक दिनमात्र दिँदै आएको थियो।

मुख्यमन्त्री राउतले छठपर्वलाई केन्द्रीत गर्दै प्रदेशभरका पोखरी, तलाउ, नदी तथा पानीका मुहान सफा गर्न र सजाउने काम  सुरु गरिएको बताए । 

कार्यक्रममा मुख्यमन्त्री राउतले ऐतिहासिक तथा धार्मिक धरोहर जानकी मन्दिर सौन्दर्यीकरणका लागि आठ करोड बजेट विनियोजन गरिएको जानकारी दिएका थिए । मुख्यमन्त्री रउतका अनुसार यस वर्ष रामजानकी विवाहोत्सवमा अयोध्याबाट आउने जन्तिका लागि प्रदेश सरकारले धोती र गम्छाले स्वागत गर्ने तयारी गरेको छ । 

शुभकामना आदान प्रदान कार्यक्रममा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, प्रदेशका मन्त्री, राज्यमन्त्री, सांसद, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्