लुक्लाका बालबालिकालाई अनुमप खेरले दिए स्वेटर उपहार



काठमाडौं । बलिउड अभिनेता अनुपम खेरले लुक्लाका स्थानीय बालबालिकालाई स्वेटर उपहार दिएका छन् ।
खेर यतिबेला बलिउड चलचित्र ‘उचाइ’ को छायांकनका लागि लुक्लामा छन् । लुक्लामा रहेका उनले त्यहाँका केही स्थानीय बालबालिकालाई भारतबाट ल्याएको उपहार दिएका छन् ।
अनुपमले स्थानीय बालबालिकालाई आफ्नी आमा दुलारी खेरले आफ्नै हातले बुनेका स्वेटरहरू उपहार दिएका हुन् । बालबालिकालाई स्वेटर दिँदै गर्दाको भिडियो उनले ट्विटरमा पोस्ट गरेका छन् ।
स्वेटर उपहार दिँदै अनुपमले ती बालबालिकासँग रमाइलो कुराकानी पनि गरे ।
अहिले अनुपम निर्देशक सुरज बडजात्या र बोमन इरानी, परिणिती चोपडा लगायत भारतीय टिमसँग नेपालमा छन् ।

प्रतिक्रिया दिनुहोस्