दिल्लीलाई हराउँदै कोलकाता आईपीएल टी–ट्वान्टीको फाइनलमा प्रवेश



काठमाडौं । कोलकाता नाइट राइडर्स ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
सारजाहमा बुधबार राति भएको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै कोलकाता फाइनलमा पुगेको हो ।
दिल्लीले दिएको १ सय ३६ रनको लक्ष्य कोलकाताले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।
कोलकाताको जितमा भेन्कातेस एयरले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सुबमन गिलले ४६ रन जोड्दा नितिश रानाले १३ रन बनाए ।
यस अघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो ।
दिल्लीका लागि शिखर धवनले ३६ रन जोड्दा श्रेयस एयरले अविजित ३० रन बनाए ।
अब फाइनलमा कोलकाताले चेन्नई सुपर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ ।
चेन्नई पहिलो क्वालिफायरमा दिल्लीलाई नै हराएर फाइनल पुगिसकेको छ ।
फाइनल खेल शुक्रबार दुबईमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्