साउदीको मक्का र मदिनमा दुई मस्जिद पूर्ण रुपमा खुल्दै



काठमाडौं । साउदी अरबको मक्का र मदिनमा रहेका दुई मस्जिद भोलि (आइतबार) पूर्ण रुपमा खुल्ने भएको छ ।
कोरोना भाइरस महामारीको कारण लागू भएको समाजिक दूरीको नियम पनि हटाउने त्यहाँको सरकारले निर्णय गरेको छ ।
साउदी प्रेस एजेन्सीका अनुसार यी मस्जिदको क्षमता अनुसारको धर्मावलम्बी प्रवेश गर्न पाउनेछन् ।
तर साउदी सरकारले कोरोना भाइरस भ्याक्सिनको दुवै मात्राको खोप लगाइसकेकालाई मात्र मस्जिद प्रवेश गर्न दिने छ । साथै मस्जिदपभित्र मास्क अनिवार्य लगाउन पर्नेछ ।
कोरोना भाइरस संक्रमणको खतरालाई मध्यनजर गर्दै साउदी अरबमा धार्मिक स्थलमा प्रवेशको विषयमा केही प्रतिबन्ध लगाइएको थियो । अब भने यो नियमलाई हटाउन थालिएको छ ।
साउदी अरबको गृह मन्त्रालयले शुक्रबार यो निर्णय सार्वजनिक गरेको थियो ।
यस्तै मस्जिद प्रवेश गर्नेहरु ट्रेसिङ्ग एपबाट निगरानीमा रहनेछन् । साउदी अरबमा अहिलेसम्म ६७ प्रतिशत मानिसलाई कोरोना भाइरस विरुद्धको खोप लगाईसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्