आईसीसी टी–२० विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा (नामसहित)



काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल क्वालिफायरका लागि नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार १४ खेलाडीसहितको टोली घोषणा गरेको छ ।
नेपाली टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायके र छनोट समितिसँग छलफल गरी क्यानले सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।
नेपालबाट १७ सदस्यीय टोली ओमान गएको थियो । त्यसमध्ये करण केसीको स्थानमा गुल्शन झालाई समावेश गरिएको छ । करणको ढाडमा समस्या भएको थियो ।
कुशल मल्ल, सहाव आलम र प्रदिप ऐरीलाई वैकल्पिक खेलाडीका रूपमा राखिएको छ ।

नेपाली टिम :
कप्तान सन्दीप लामिछाने, शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, अविनाश बोहरा, जितेन्द्र कुमार मुखिया, कमल सिह ऐरी, विवेक कुमार यादव, लोकेश बहादुर बम, सागर ढकाल र गुल्सन झा ।

रिजर्भ खेलाडी :

कुशल मल्ल, सहाव आलम र प्रदिप ऐरी ।

प्रतिक्रिया दिनुहोस्