यी हुन् चरम गरिबीबाट माथि उठेका ६ चर्चित भारतीय क्रिकेटर



एजेन्सी । भारतमा राष्ट्रिय स्तरबाट क्रिकेट खेल्ने प्राय: खेलाडीसँग करोडपति बनिसकेका छन्। उनीहरू दिनकै लाखौं रूपैयाँ कमाउँछन् । तर, तपाईंलाई थाहा नहुन सक्छ यी खेलाडी कुनै समय चरम गरिबीमा थिए । उनीहरूको परिवार निकै सामान्य आर्थिक अवस्थाका थिए । यहाँ यस्तै सामान्य परिवारबाट आएर करोडौंपति बनेका ६ चर्चित भारतीय क्रिकेटरको बारेमा चर्चा गरिएको छ ।

जसप्रित बुमराह

भारतीय टिमका तीव्र गतिका बलर जसप्रित बुमराहको नाम विश्व क्रिकेट जगतमा निकै माथि छ। तर, उनी कुनै समयमा निकै गरिब थिए । उनी सात वर्षको हुँदा उनका बुबा जसवीर सिंहको निधन भयो। त्यसपछि उनको जीवनमा बज्रपात आइपरेको थियो। उनीसँग जुत्ता र टी–सर्ट किन्न पैसा समेत हुँदैन थियो ।

मोहम्मद सिराज

भारतीय टिमका तिव्र गतीका बलर मोहम्मद सिराजको कथा पनि निकै चर्चित छ। उनका बुबा रिक्सा चलाउने गर्थे । सिराजलाई क्रिकेटर बनाउन उनले निकै मिहिनेत गरेका थिए। अन्तमा, उनको भाग्यले पनि साथ दियो । अहिले उनी भारतीय टेस्ट टोलीको एक महत्त्वपूर्ण हिस्सा बनेका छन् ।

क्रुणाल र हार्दिक पाण्ड्या

हार्दिक र कृणाल पाण्ड्या क्रिकेट जगतमा निकै ठूला र चर्चित व्यक्ति हुन् । यी दुई भाईलाई विश्वकै उत्कृष्ट अलराउन्डरमा गनिन्छ। हार्दिकका बुबा फाइनान्सिङको काम गर्थे। तर, त्यसबाट धेरै कमाउन सकेनन् । सन् २०१० मा उनलाई हृदयघात भयो । स्वास्थ्य बिग्रिएपछि उनले काम गर्न सकेनन्।

जसका कारण घरको अवस्था निकै नाजुक बन्यो। उनको परिवार भाडाको घरमा बस्दै आएका थिए। त्यो समयमा उनी खानेकुरा नपाएर मकै खाएर बस्थे। तर, अहिले यी दुई खेलाडी करोडौं रुपैयाँ कमाउँछन् ।

रविन्द्र जडेजा

विश्वका उत्कृष्ट अलराउन्डर रविन्द्र जडेजा अहिले विलासी जीवन बिताइरहेका छन् । उनको करोडौंको बंगला छ र उनको शोख पनि निकै ठूलो छ। तर, जडेजाका बुबा सुरक्षा गार्डको काम गर्थे।

महेन्द्रसिंह धोनी

भारतका पूर्व कप्तान महेन्द्र सिंह धोनी विश्वका सबैभन्दा धनी र सफल क्रिकेटर हुन्। आज धोनीको कमाई करोडौंमा छ। तर, धोनी पनि एक समय एकदम साधारण परिवारका थिए।

आज लाखौं करोडको गाडी र धेरै विलासी घरका मालिक धोनीको बाल्यकाल एकदमै साधारण थियो। टोलीमा प्रवेश गर्नुअघि धोनीले आर्थिक समस्यालाई ध्यानमा राख्दै रेलवेमा टिकट कलेक्टरको जागिर पनि लिएका थिए।

टी नटराजन

भारतीय टीमका तीब्र गतीका बलर टी नटराजनको बारेमा सारा विश्वलाई थाहा छ । यस खेलाडीको परिवार पहिले निकै गरिब थियो। उनको परिवारमा पाँच सन्तान थिए ।जसलाई राम्ररी हुर्काउन उनका पितासँग पैसा पनि थिएन। तर,नटराजनले आईपीएलमा डेब्यु गरेदेखि नै उनको भाग्य फेरिएको छ।

प्रतिक्रिया दिनुहोस्