धनगढी मेयर एलपीएलमा एभरेस्ट र सत्यवती विजयी



काठमाडौं । सन्तोष कार्कीको अर्धशतकप्रेरित सत्यवती एकेडेमी अत्तरियाले लिटल फ्लावर प्रिमियर लिग विद्यालय स्तरीय अन्डर–१९ क्रिकेट प्रतियोगिता बुधबार विद्याभुषण पब्लिक स्कुललाई चार विकेटले हराएको हो ।
धनगढीस्थित संघीय प्रहरीको खेल मैदानमा सम्पन्न दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको विद्याभुसनले १९.१ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो । १२२ रनको लक्ष्य सत्यवतीले १६ ओभर ६ विकेट गुमाएर पूरा गरेको हो ।
पहिलो खेलमा एभरेस्ट एकेडेमीले सैनिक आवासीय माविलाई ६ विकेटले पराजित ग¥यो । टस जितेर ब्याटिङ गरेको सैनिक आवासीयले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०३ रन बनाएको थियो । १०४ रनको लक्ष्य एभरेस्ट एकेडेमीले १६ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो ।
प्रतियोगितामा बिहीबार दुई खेल हुनेछन् । पहिलो खेलमा होलिल्यान्ड र शारदा सरस्वती स्कुल तथा दोस्रो खेलमा लिटल फ्लावर र स्टेपिङ स्टोन स्कुलले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्