‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै



काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत एघारौं चरणको अन्तिम दिन आज (बिहीबार) दुई खेलहरू हुँदैछन् । दुबै खेल दिउँसो १  बजे दशरथ रङ्गशाला र एन्फा कम्प्लेक्समा हुनेछन् ।

त्रिपुरेश्वरस्थित  रङ्गशालामा हुने खेलमा एपीएफ क्लबले मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ । मनाङ एपीएफलाई हराउँदै दोस्रो स्थान रहन चाहन्छ भने एपीएफ मनाङलाई स्तब्ध पार्दै रेलिगेसनबाट ढुक्क हुन चाहन्छ। मनाङ १० खेल २० अङ्क जोडेर दोस्रो स्थानमा  छ । एपीएफ १० खेलमा ११ अङ्क जोडेर नवौँ स्थानमा रहेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा न्युरोड टिम एनआरटी र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी १० खेलमा १४ अङ्क जोडेर सातौँ स्थानमा रहेको छ। संकटा १० खेलमा १५ अङ्क जोडेर पाँचौं स्थानमा रहेको छ । जारी लिगमा दुई खेल बाकी रहँदै मछिन्द्र फुटबल क्लब च्याम्पियन भएको छ । 

प्रतिक्रिया दिनुहोस्