संकटालाई पराजित गर्दै एनआरटी ए डिभिजन लिगको शीर्ष पाँचमा



काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत ११ औँ चरणको खेलमा संकटा क्लब न्युरोड टिम (एनआरटी) सँग १-० ले स्तब्ध बनेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलको २८ औँ मिनेटमा स्टेफेन विनोङले गरेको गोल नै एनआरटीको जितमा निर्णायक बन्यो ।

सरोज तामाङले दिएको लामो क्रसलाई विनोङले उत्कृष्ट कन्ट्रोलसहित संकटाका दुई डिफेन्डरलाई पन्छाउँदै गोल गरेका थिए ।

जितसँगै ११ खेलबाट १७ अंक जोडेको एनआरटी तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । एनआरटीले चारमा जित, पाँचमा बराबरी र दुईमा पराजयको नतिजा आत्मसाथ गरेको छ ।

यस्तै, समान खेलबाट १५ अंक जोडेको संकटा भने तालिकाको छैटौँ स्थानमा झरेको छ । संकटाले तीनमा जित, ६ मा बराबरी र दुईमा हारको नतिजा निकालेका छ ।

आजनै दशरथ रंगशालामा भएको खेलमा विभागीय टोली एपीएफले मनाङ मर्स्याङ्दी क्लबलाई ३-१ अन्तरले पराजित गर्दै रेलिगेसन डर अन्त्य गरेको छ ।

प्रतिक्रिया दिनुहोस्