पाँच जिल्लाका सिडिओ फेरिए, कसलाई कहाँ पठाइयो ?



काठमाडौं । बिभिन्न पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । गृहमन्त्रालयले हुम्लामा सीता परियारलाई जिम्मेवारी सहित ५ जिल्ला अधिकारी हेरफेर गरेको हो । सीता दलित समुदायबाट पहिलो महिला सीडीओ हुन् ।

नुवाकोटमा सह-सचिव नारायणप्रसाद रिसाललाई पठाइएको छ । रिसाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भर्खरै गृह मन्त्रालयमा गएका थिए । जाजरकोटमा रामबहादुर शाहीलाई सरुवा गरिएको छ ।

रुकुम पूर्वमा कृष्णबहादुर खड्कालाई पठाइएको छ । धनकुटामा युवराज कट्टेललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणी पोखरेलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्