सलमान भन्छन्-‘मेरो फिल्ममा नायिकाले होइन् मैले अंग प्रदर्शन गर्ने हो’



बलिउड नायक सलमान खानले आफ्नो चलचित्रमा कुनै पनि नायिकाले अंग प्रदर्शन गर्न नपाउने बताएका छन् । सलमानलाई आफू अभिनित चलचित्रमा नायिकाले छोटो लूगा लगाएको, अंगप्रदर्शन गरेको मन नपर्ने र उनले चलचित्रको पर्दामा चुम्बन पनि नगर्ने बताउँदै आएका छन् । 

यो विषयलाई लिएर सलमान खानले एक अन्र्तवार्तामा भनेका छन्- 'मलाई मेरो चलचित्रकी नायिकाले अंगप्रदर्शन गरेको मन पर्दैन । चलचित्रमा मैले अंग प्रदर्शन गर्ने हो ।' उनले भने-'मेरो कुनै पनि चलचित्रमा अंग प्रदर्शन गर्नुपर्ने दृष्य हुँदैन । त्यो कुरा नायिका बन्न आउने जो कोहीले पनि पहिल्यै बिचार गर्नुहोला ।'

चलचित्र ‘एक था टाइगर’को छायांकनमा नायिका कट्रिना कैफले छोटो लूगा लगाएको भन्दै सलमानले उनीमाथि हातसमेत हालेका थिए ।

टिसर्ट खोल्न माहिर सलमानले आफ्नो चलचित्रमा कुनै न कुनै तरिकाले टिसर्ट खोलेर बडि शो गरेको देख्न सकिन्छ । ।

 

प्रतिक्रिया दिनुहोस्