एक हजार २७२ जनाले जिते कोरोना, थप ३५० मा संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार २७२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने चार जनाको मृत्यु भएको छ ।

देशभर ७ हजार ९६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । एक हजार २७२ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्