केदारनाथ फिल्मले लभ जिहाद सिकाउने भन्दै प्रतिबन्ध लगाउन पुजारीहरूको माग



काठमाडौं :   सुशान्त सिंह राजपूत र सारा अली खानको फिल्म केदारनाथको टीजर सार्वजनिक भएको केही दिनभित्रै विवाद आएको छ । 

 

टीचर हेरेपछि उत्तराखण्डमा रहेको केदारनाथका तीर्थ पुरोहितले प्रतिक्रिया दिएका छन् । फिल्मले हिन्दूहरूको भावनालाई चोट पु–याएकाले यसमा पूरै प्रतिबन्ध लगाउनुपर्ने उनीहरूको भनाइ छ । 

 

हिन्दुस्तान टाइम्सको एक रिपोर्टका अनुसार, केदारनाथमा पुजारीहरूको एक संगठन केदार सभाका अध्यक्ष विनोद शुक्लाले भने, ‘फिल्ममा प्रतिबन्ध नलगाइएमा हामीहरू आन्दोलन गर्छौं किनकि फिल्मले लभ जिहादलाई प्रोत्साहन गर्छ र हिन्दूहरूको भावना आहत हुन्छ ।

 

केदारनाथबाट सैफ अली खानकी छोरी साराले बलिउडमा डेब्यु गर्दैछिन् । फिल्मको शूटिङ दुई वर्षसम्म केदारनाथमा गरियो । सन् २०१३ मा केदारनाथमा आएको विनाशमा आधारित एक प्रेम कथा देखाइएको छ । 

 

अभिषेक कपूरले निर्देशन गरेको फिल्ममा सुशान्त सिंह राजपूत लीड रोलमा छन् । केदारनाथ नजिक अश्लील गीतको शूटिङ गरिएको भनी त्यतिखेर पनि फिल्मको विरोध भएको थियो । 

एजेन्सी

प्रतिक्रिया दिनुहोस्