थप एक हजार ३३८ कोरोना संक्रमणमुक्त, चार जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप एक हजार ३३८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५७२ पीसीआर परीक्षण गर्दा २२९ जना र तीन हजार २४३ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जना गरी २६२ जनामा संक्रमण पुष्टि भएको छ भने चार जनाको मृत्यु भएको छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १२ हजार २४४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्