नेपाल आइसले झापा गोल्डकपको प्रायोजन गर्ने



झापा । पाँचौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको प्रायोजन चौधरी ग्रुपको उत्पादन नेपाल आइसले गर्ने भएको छ ।
आइतबार बिर्तामोडमा आयोजित कार्यक्रममा कम्पनीका प्रतिनिधि मनिष सिँह र गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले प्रायोजनका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
प्रतियोगिता यही फागुन २१ गतेदेखि बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुँदैछ ।
मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्ड कपको पाँचौँ संस्करणलाई अझ उत्कृष्ट, भव्य र परिष्कृत बनाउन आफ्नो कम्पनीको उत्पादन नेपाल आइस बियरले गोल्डकप प्रायोजन गरेको सिँहले बताए ।
झापाको भूगोल र यहाँको फुटबलप्रतिको लगावलाई समेट्दै जिल्लालाई फुटबल हबको रुपमा विकास गर्ने उद्देश्यले आफूहरुले काम गरिरहको झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।
यो वर्षको झापा गोल्डकपको नारा ‘हाम्रो गौरव हाम्रो मान, झापा गोल्डकप हाम्रो सान’ तय गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न अनुमानित एक करोड चालिस लाख रुपैयाँ बजेट तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्