एनआरटीले मस्र्याङ्दीलाई १–० ले हरायो



काठमाडौँ । सहिद स्मारक लिग ए डिभिजन २०७८ मा एनआरटीले मनाङ मस्र्याङ्दीलाई १–० ले पराजित गरेको छ । एनआरटीले लिगमा मनाङलाई हराएको यो वर्ष २०६६÷०६७ यता पहिलोपल्ट हो ।
यस्तै मनाङ लिगमा लगातार दुई खेलमा पराजित भएको पनि यो ११ वर्षयता पहिलो हो । वर्ष २०६६÷०६७ को लिगमै मनाङ पुलिस र आर्मीसँग लगातार पराजित रहेको थियो । त्यसै संस्करणको लिगमा एनआरटीले मनाङलाई २–० ले हराएको थियो । यसपल्ट एनआरटीले हात पारेको एक गोलको जितमा भने मेसुके ओलुमायुले २६ औं मिनेटमा निर्णायक गोल गरे ।
यो जितपछि एनआरटीको २० अंक भएको छ र लिग तालिकाको दोस्रो स्थानमा उक्लेका छ । मनाङ पनि समान २० अंकमा रहेको छ र तेस्रो स्थानमा झरेको छ ।
यस जितसँगै एनआरटीले पछिल्ला चार खेलमा १० अंक बटुलेको छ र यसक्रममा आफ्नो स्थिति बलियो बनाएको छ । मनाङले भने अहिलेको हारसँगै पछिल्ला चार खेलमा एकं अंकमात्र बटुलेको छ । मनाङ पछिल्ला चार खेलमध्ये तीनमा पराजित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्