मेस्सीलाई म्याराडोनाको काउन्टर, टोङ्गाले पनि अर्जेन्टिनालाई पराजित गर्न सक्छ



एजेन्सी : मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनी टोलीलाई पूर्वकप्तान म्याराडानाले आलोचना गर्दै आफ्नो भनाई सार्वजनीक गरेका छन्।

अर्जेन्टिनालाई सन् १९८६ को विश्वकप दिलाउन महत्त्वपूर्ण योगदान दिएका म्याराडोनाले पहिलो खेलबारे अर्जे्न्टिनी टेलिभिजन टिवाईसी स्पोर्ट्ससँग बोल्दै टोलीको प्रदर्शन निकै खराब रहेको बताए। ‘अर्जे्न्टिनाले निकै खराब प्रदर्शन गर्यो। यस्तो अवस्थामा टोङ्गाले पनि अर्जेन्टिनालाई पराजित गर्न सक्छ,’ उनले थपे, ‘हामीले राष्ट्रिय टोलीका लागि खेल्दा बेग्लै गौरव अनुभूति गर्थ्यौं। अहिले त्यो सब कहाँ छ? राष्ट्रिय टोलीको जर्सी भनेको आमा समान हुन्।’ टोङ्गा फिफा वरीयतामा २ सय २ स्थानमा रहेको टोली हो।

कोपा अमेरिकाको पहिले खेलमा अर्जे्न्टिनाले कोलोम्बियासँग २–० को हार बेहोर्दै प्रतियोगितामा खराब सुरुवात गरेको थियो। समुह बी को अन्तिम स्थानमा रहेको टालीले पहिलो हाफमा सुस्त प्रदर्शन गरे तापनि दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको थियो। कोलोम्बियाले अग्रता लिनुभन्दा केहि समय अगाडी मेस्सीले गोलरक्षक पोजिसनमा नभएको अवस्थामा हेडरलाई पोस्टको दिशा दिन नसक्दा अर्जे्न्टिना अग्रता लिनबाट चुकेको थियो।

म्याराडोनाले यसै खेलमा आधारमा माथिका भनाई राखेको प्रष्टै देख्न सकिन्छ। उनी अर्जेन्टिनाका आक्रोशित पूर्वखेलाडी हुन्।

साबिकको उपविजेता टिमले समूह ‘बी’ को दास्रो खेलमा पाराग्वेको सामना गर्दैछ। यस समूहमा कतार र कोलोम्बिया पनि रहेका छन्। यसअघि कतार र पाराग्वेको खेल २–२ को बराबरीमा सकिएको थियो।

प्रतिक्रिया दिनुहोस्