औबामेयाङको ह्याट्रिकमा बार्सिलोना ४-१ ले विजयी



काठमाडौं ।  बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा आइतबार राति भ्यालेन्सियामाथि ४-१ को सहज जित निकालेको छ । बार्सिलोनालाई जित दिलाउने क्रममा पिएरे एमेरिक औबामेयाङले ह्याट्रिक गरेका हुन्।

उनले खेलको २३, ३८ र ६३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्। त्यस्तै बार्सिलोनाका फ्रेन्की डे जोङले बार्सिलोनाको लागि १ गोल थपे। ५२ औं मिनेटमा कार्लोस सोलेरले भ्यालेन्सियाको लागि सान्त्वना गोल गरे।

जितसँगै बार्सिलोनाले २४ खेलमा ४२ अंक जोडेर चौंथो स्थानमा  छ । भ्यालेन्सिया ३० अंक जोडेर १२ औं स्थानमा  छ ।

प्रतिक्रिया दिनुहोस्