बास्कोटाको आरोप : ‘प्रचण्ड-माधवले आफ्नै कार्यकर्तालाई प्रहरी लगाएर चुटाए’



काठमाडौं । नेकपा एमालेका नेता गोकुल प्रसाद बास्कोटाले एमसीसीको विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दोहोरो चरित्र देखाएको अरोप लगाएका छन् ।

उनले सोमबार आज बिहान सामाजिक संजाल ट्वीटर मार्फत यस्तो आरोप लगाएका हुन्। उनले एमसीसीको विरोध पनि गर्ने अनि सरकारमा पनि बसिरहेको बताउदै दाहाल र नेपाल प्रति असन्तुष्टि जनाएका हुन् । उनले प्रचण्ड–माधवमाथि कार्यकर्तालाई प्रहरी लगाएर चुटाएको आरोप समेत लगाएका छन् ।

उनले सामाजिक संजाल ट्वीटरमा लेखेका छन्, ’एमसीसी छाती ठोकेर पास गर्छु भन्दै आएका देउवासँग सत्ता गठबन्धन गर्ने माधव–पुकदा ।संसदमा टेबल गर्न सहमति दिने पनि उनै, सडकमा कार्यकर्ता उफार्ने नि उनै । पुलिस लगाएर चुटाउने नि उनै, दमन भो भन्ने पनि उनै । कम्फरटेवलको अर्थ त बल्ल बुझियो’, ।

प्रतिक्रिया दिनुहोस्