अयोध्याबाट आउने जन्तीलाई धोती र गम्छा उपहार



धनुषा: विवाहपञ्चमी महोत्सवमा अयोध्याबाट आउने जन्तीलाई मधेशको पोशाकमा बिदाई गरिने भएको छ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विवाहपञ्चमी महोत्सवमा अयोध्याबाट आउने जन्तीलाई मधेशको पोशाकमा बिदाई गर्ने बताएका हुन् ।

 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा दीपावली तथा छठपर्वको अवसरमा आइतबार आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री राउतले भारतबाट आउने जन्तीलाई मधेशीको पहिचान धोती, कुर्ता र गम्छा लगाएर बिदाइ गर्ने जानकारी दिए ।

 

नेपाली, हिन्दी, मैथिली र भोजपुरी गरी चार भाषामा आफ्ना शुभकामना मनतव्य राख्दै मुख्यमन्त्री राउतले माता सीताको जन्मभूमि जनकपुरधाममा पौराणिक कालदेखि चलिआएको विवाहपञ्चमी महोत्सवमा मधेशको संस्कृति झल्कने गरी जन्तीलाई बिदाइ गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्