आईसीसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोट : टस हारेर नेपाल बलिङमा



काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को अन्तिम चरणको खेल नेपाल र क्यानडाबीचको खेल सुरु हुँदैछ ।
ओमानस्थित अल अमेरात किक्रेट मैदानमा क्यानडाले टस जितेर ब्याटिंग रोजेको छ । नेपालले क्यानडाविरुद्ध कप्तान सन्दीप लामिछानेसहित विकेट किपर आशिफ शेख, कुशल भुर्तेल, आरिफ शेख, ज्ञोनन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, अविनाश बोहरा, जितेन्द्र मुखिया, लोकेश बम, कमलसिंह ऐरी र कुशल मल्ललाई मैदानमा उतारको छ ।
यस्तै सोमबार नै भएको समूह बी को खेलमा युएई आफ्नो अन्तिम खेलमा बहराईनसँग २ रनले पराजित भएपनि नेट रनरेटको आधारमा सेमिफाइलनको यात्रा तय गरेको छ । त्यस्तै आयरल्यान्डले जर्मनीलाई ७ विकेटले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्